जनता टाइम्स

१२ भाद्र २०७७, शुक्रबार १८:४७

किशोरीमाथि तीन बालकलाई बलात्कार गर्न लगाएर भिडियो बनाएपछि…


विराटनगर, भदौ १२

मानिस कतिसम्म गिर्न सक्छ र अश्लिल हर्कत गर्न सक्छ भनेर मोरङको एक घटनाले उजागर गरेको छ । एक पुरुषले जंगलमा निगुरो टिप्न गएकी एक किशोरीलाई उनैसँगै गएका गाउँका भाईहरुलाई बलात्कर गर्न लगाएर आफुले पनि गरेको घटना खुलेको छ ।

मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा निगुरो टिप्न जंगल गएको अवस्थामा १६ वर्षीया किशोरीमाथि ४० वर्षीय होम तामाङले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मंगलबार तामाङले निगुरो टिप्न गएकी किशोरीमाथि जंगलमा अन्य तीन बालकलाई समेत शारीरिक सम्पर्क गर्न लगाएका थिए । उनले जवरजस्ती ति बालकलाई बलात्कार गर्न लगाएर त्यसको भिडियो समेत खिचेका छन् ।

कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार किशोरी आफ्नै छिमेकमा रहेका नाता पर्ने भाइहरुलाई लिएर निगुरो टिप्न जंगल गएको अवस्थामा घटना भएको हो । जंगलमा लाठीसहित त्रास देखाएर तामाङले तिनै नाता पर्ने भाइहरुबाट सुरुमा किशोरीसँग शारीरिक सम्पर्क गर्न लगाएका थिए । किशोरीको नातासमेत पर्ने ११, १२ र १३ वर्षका बालकलाई तामाङले शारीरिक सम्पर्क गर्न लगाएको खुलेको प्रहरी निरीक्षक ढकालले बबताउनु भयो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिएर बालकहरुलाई सुरुमा मैले जेजे भन्छु त्यही मान्नु नभए मारिदिन्छु भन्दै पालैपालो किशोरीमाथि शारीरिक सम्पर्क गर्न लगाएको र त्यसपछि तामाङ आफूले पनि बलात्कार गरेको खुलेको छ । प्रहरीका अनुसार यस घटनाको तामाङले मोबाइलबाट भिडियो समेत बनाएका छन् । घटना भएको भोलिपल्ट बुधबार घरमा चारैजनाले मानसिक रुपमा विक्षिप्त व्यवहार गरेपछि परिवारजनले सोधीखोजी गर्दा घटना उजागर भएको थियो ।

घटनाका बारेमा जानकारी भएपछि अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङविरुद्ध बुधबार किटानी जाहेरी दिएका छन् । प्रहरीले घटनाका बारेमा बालकहरुसँग पनि सोधपुछ गरिरहेको छ । घटनाका नाइके तामाङले बुधबार पनि पीडितहरुको घरघरमा पुगेर घटना दबाउन दबाब दिएको परिवार सदस्यले बताएका छन् । घटना बाहिरिएपछि बलात्कारमा संलग्न नाइके तामाङ फरार रहेकाले खोजी थालेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो ।