जनता टाइम्स

१४ भाद्र २०७७, आईतवार ०८:३५

एम्बुलेन्स दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते


स्याङ्जा,भदौ १४ । स्याङ्जाको वालिङ नगरपालिका ५ माझकोटको वालिङ चापाकोट भित्री कच्चि सडकमा एम्बुलेन्स दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना गम्भिर घाइते भएका छन् ।

चापाकोटबाट बिरामी काठमाडौ पुर्यार फर्कने क्रममा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट अन्दाजी २ सय ५० मिटर तल खस्दा दुर्घटना भएको हो । एम्बुलेन्स दुर्घटनामा चापाकोट नगरपाकिला ९ का ३५ बर्षिय भानुभक्त गैरे र वडा नम्बर १० का २५ बर्षिय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानाकारी दिनुभयो । दुर्घटनाामा घाइते गैरे र पंगेनीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक चापाकोट ९ का ३१ बर्षिय सुरेन्द्र भण्डारी र २८ बर्षिय पवित्रा पोख्रेल गम्भिर रहेको अधिकारीले बतााउनुभयो । घाइते दुबै जनाको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार पश्चात थप उपचारको मनिपाल शिक्षण अस्पताल लगिएको छ। प्ररहील् दुर्घटनाको कारण खुलिनसकेको जनाएको छ ।