जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १६:०६

प्राविधिक शिक्षालय बढे


काठमाडौं, जेठ १३

सरकारले प्राविधिक र व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिन थालेपछि यस धारको शिक्षाको पठनपाठन हुने विद्यालयको संख्या ४३४ पुगेको छ । अर्थमन्त्री युवराज खतिवडाले सोमबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७५/०७६ ले विगतका १५० प्राविधिक विद्यालयसहित प्राविधिक धारको शिक्षाको पठनपाठन हुने विद्यालयको संख्यामा वृद्धि भएको देखाएको हो ।

सरकारले विद्यालय शिक्षामा ७० प्रतिशतसम्म प्राविधिक शिक्षाको धारलाई प्राथमिकता दिने र हरेक स्थानीय तहमा कम्तीमा एक प्राविधिक विद्यालय खोल्ने नीति लिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पद बहालीपछिको पहिलो निर्णयमा हरेक स्थानीय तहमा कम्तीमा एक प्राविधिक विद्यालय खोल्ने उल्लेख थियो ।

सर्वेक्षणले साक्षर नेपाल अभियान जारी रहेको र चालू आर्थिक वर्षका आठ महिनाको अवधिमा ५० जिल्ला पूर्ण साक्षर घोषणा भएको र सूचना प्रविधि प्रयोगशाला हुने विद्यालयको संख्या एक हजार पुगेको जनाइएको छ । विश्वविद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने विद्यार्थीको संख्यामा ७ दशमलव ४ प्रतिशतले वृद्धि भई ४ लाख ८६ हजार पुगेको सर्वेक्षणमा जनाइएको छ । मुलुकको कूल ग्राहस्थ उत्पादनमा शिक्षाको योगदान ७ दशमलव २ प्रतिशत छ ।