जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार १७:४२

अधिकारीको निर्देशनमा ‘गोबर गणेश’ को शुभ साइत


काठमाडौं, भदौ १५

कल्याण अधिकारीको निर्देशनमा नेपाली फिल्म ‘गोबर गणेश’ बन्ने भएको छ । काठमाडौंको भद्रकाली मन्दिरमा ‘गोबर गणेश’को शुभ साइत गरिएको छ । बिलभ्ड इन्टरटेनमेन्टको ब्यानमार निर्माण हुन लागेको फिल्ममा कमेडी र एक्सन रहनेछ । फिल्मको छायाँकन भदौको अन्त्य देखि शुरु हुनेछ ।

 

हरिकुमार कटुवालले निर्माण गर्न लागेको ‘गोबर गणेश’मा जयकिशन बस्नेत, सी.एम. भारद्वाज सुवेदी, मुनम मल्ल ठकुरी, भोमन कटुवाल, राजु किराँत, हिमाल राई, अजय खड्का शिशिर भट्टराई, टेकेन्द्र न्यौपाने, सम्पूर्ण सुनार, प्रेम दूधराज, देव गौतम, सुविन थिङ लगायतको अभिनय रहने छ ।

फिल्मको द्वन्द्व निर्देशन राजु किराँतले गर्नुहुने भएको छ भने संगीत माधव भण्डारी र रिमेश कुमारको छ । सम्पादन अनिलकुमार महर्जन, कथा र संवाद भोमन कटुवालले गर्नुहुनेछ । त्यस्तै फिल्मको पोस्ट प्रोडक्सन हभलभह मिडिया नेपालले गर्ने भएको अधिकारीले बताउनुभयो ।