जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १७:३४

ठेकदारमाथी कुलमानको एक्सन : जमानत जफत गर्दै लगाए १६ करोड विलम्ब शुल्क


काठमाडौं 

नेपाल विद्युत प्राधिकरणले काम नगर्ने ठेकदारमाथी एक्सन शुरु गरेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेका छन् । कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँगको ठेक्को तोडेको हो ।

ठेक्का सम्झौता तोडिएलगत्तै कार्यसम्पादन जमानत बापत कम्पनीले राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरिएको छ। काम ढिला गरे बापत करिब १६ लाख डलर बिलम्व शुल्क पनि लगाउने निर्णय भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले यसअघि आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रीड (सीसीपीजी) सँगको ठेक्का तोडेको थियो। प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सीसीपीजी कालासूचीमा राख्ने निर्णय गरिसकेको छ।

ठेक्का तोडेपछि कार्यकारी निर्देशक घिसिङ, दातृ निकाय विश्व बैंकका नेपाल कार्यालयका देशीय प्रबन्धक फारिस जर्भोससहितको टोलीले आइतबार र सोमबार आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन्।