काठमाडौं, भदौ १६
प्रधानमन्त्री केपी शर्मा ओली र एसिड आक्रमणको शिकार बनेकी पर्साकी मुस्कान खातुनबीच भेटवार्ता भएको छ । खातुनले मंगलबार बालुवाटार प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
भेटवार्तामा एसिड आक्रमणमा परेकालाई सरकारले गर्न सक्ने सहयोग, आक्रमणकारीलाई गरिने सजायको कानुनी आधार लगायतका विषयमा छलफल भएको बताइएको छ । भेटवार्तामा महान्यायधिवक्ता अग्नी खरेल, मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी लगायतको सहभागीता रहेको थियो । आफूलाई एसिड आक्रमण गर्नेहरु झुटो विवरण पेश गरेर रिहा भएको भन्दै उनी सार्वजनिक रुपमा कारबाहीको माग गर्दै समेत आएकी छन् । यही बीचमा उहाहरुबीच भेटवार्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस्