जनता टाइम्स

१७ भाद्र २०७७, बुधबार १२:२१

नागरिक कहिले सचेत बन्ने ?


काठमाडौं, भदौं १७

देशमा यतिबेला मलको हाहाकार रहेको छ । कारण हो, सरकारलाई मल पैँचो माग्न बाध्य बनाउने ठेकदारको काम । शारदा अधिकारीको शैलुङ र हुमनाथ कोइरालाको होनिको मल्टिपलले सरकारसँग सम्झौता गरेर काम नगर्नु ।

अधिकारी निर्माण क्षेत्रमा धेरै आयोजना अलपत्र पार्ने नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् । कोइरालापनि निर्माण क्षेत्रका काम अलपत्र पार्ने चर्चित ठेकदार हुन् । उनिहरुले भदौ २० गतेसम्म २५–२५ टन मल ल्याउनुपर्ने थियो । तर, ल्याउने अहिलेसम्म कुनै तरखर छैन ।

जसका कारण अहिले देशमा मलको हाहाकार छ । सरकारले बंगलादेशसँग हिजोमात्रै ५० टन मल पैंचो मागेको छ र त्यो केही दिनमा नेपाल आउछैद । जसले गर्दा किसान मल लिनका लागि अहिले देशका विभिन्न जिल्लामा लाइनमा छन् ।

मल लिन लाइनमा बस्नु नौलो विषय होइन् । तर, अहिले परिस्थित विषम रहेको छ । यस्तो अवस्थामा नागरिक आफै पनि सचेत हुनुपर्नेछ । कोभिड–१९ का कारण विश्वनै अहिले ठुलो चपेटामा परेको छ । कोरोनाको अहिलेसम्म औषधि बनेको छैन । यसको सबैभन्दा ठुलो औषधि भनेको सामाजिक दुरी, मास्क र बेला बेलामा सावुनपानीले हात धुने वा स्यानेटाइजर लगाउने हो ।

यो तस्विरमा देखिएको दृश्यले सबैलाई चिन्तित बनाउछ । मल नपाएर लाइनमा बस्नु नागरिकको दोष होइन् । तर, त्यही लाइनमा सामाजिक दुरी कायम गरेर बस्न सक्नुपर्छ । त्यसले तपाई र तपाईकै परिवारको सुरक्षा गर्दछ । त्यो सानो भुलले परिवारमा निक्कै ठुलो दुख आइपर्न सक्छ । त्यसैले यस्तो विषयमा नागरिक कहिले सचेत बन्ने ।