जनता टाइम्स

१७ भाद्र २०७७, बुधबार १९:०९

गोकुल बाँस्कोटा फसाउने बिजय मिश्रबिरुद्ध अख्तियारले जारी गर्यो कडा सूचना


काठमाडौं, भदौ १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा फसाउने बिचौलिया बिजय मिश्रलाई एक साताभित्र आयोगमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।

आफूले भनेको कम्पनीबाट मेसिन खरिद नगर्ने र जिटुजी प्रकृयाअनुसार खरिद गर्ने काम मन्त्रिपरिषदले गरेपछि मिश्रले मन्त्री बाँस्कोटा फसाउन अडियो काण्ड रचाएका थिए । उनकै अडियोपछि मन्त्री बाँस्कोटाले राजीनामा दिनुभएको थियो । अख्तियारले मन्त्री बाँस्कोटाको अडियो रेकर्ड गर्ने मिश्रलाई अख्तियारले एक साताभित्र उपस्थित हुन आज सार्वजनिक सूचना गरेको हो । मिश्र हाल नेपालबाट फरार भई जापान पुगेका छन ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँको मोलमोलाईको अडियो सार्वजनिक भएपछि मिश्रसमेत विवादमा तानिएका थिए । अख्तियारमा छानबिन भइरहेको यो अनुसन्धान अघि बढ्न मिश्रले अडियो टेपको सनाखत गर्नुपर्ने कानुनी बाध्यता रहन्छ । तर उजुरीकर्ता मिश्र आफै सम्पर्क भन्दा बाहिर रहेपछि अख्तियारले सूचना जारी गर्नुपरेको हो ।

मन्त्री बाँस्कोटा फसाउनकै लागि अडियो काण्ड घटाएका मिश्र नै सम्पर्कमा नआएपछि अख्तियार कानूनी रुपमा अघि बढेको हो । संभवन अख्तियारले उजुरीकर्तालाई नै सूचना जारी गरी बोलाएको यो पहिलो घटना हो । मिश्रबिरुद्ध तात्कालिन मन्त्री बाँस्कोटा आफै अदालत जानुभएको छ ।