जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार ०९:४९

मोदीको सपथ समारोहमा भाग लिन प्रधानमन्त्री ओली विहिवार विहान नयाँ दिल्ली जादै


काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली विहिवार भारतको नयाँ दिल्ली जानुहुने भएको छ । विहिवार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन उहा विहिवार विहान नयाँ दिल्लीतर्फ जान लाग्नु भएको हो ।

भारतिय जनताको अत्याधिक मत ल्याएर विजयी हुनु भएका मोदीले दोस्रो पटक सपथ लिन लाग्नु भएको छ । यसअघि पहिलो पटक सपथ लिदा नेपालका प्रधानमन्त्री सुशिल कोइरालाले सहभागिता जनाउनु भएको थियो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रम ओली भारत जान लागेको जानकारी दिनुभएको छ । उहाका अनुसार प्रधानमन्त्री ओली विहिवार विहान नयाँ दिल्ली पुगेर शुक्रबार विहान स्वदेश फर्कनु हुनेछ ।

भारतिय दूतावासले प्रधानमन्त्री ओलीलाई सपथ समारोहमा सहभागी हुन सोमबार साँझ लिखित पत्र बुझाएको छ । यद्यपी प्रधानमन्त्रीसगै को को जाने भनेर टुंगो भने लागि सकेको छैन । मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाउनु भएको छ । बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य छन्। बिमस्टेक सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमूख बाहेक कीर्गिजस्थानका राष्ट्रपति र मोरिससका प्रधामन्त्रीलाई पनि सो समारोहको लागि आमन्त्रण गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।