जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार १०:३७

उपराष्ट्रपति यूएनको विशेष समारोहमा सहभागी, आज संबोधन गर्दै


भियना, १४ जेठ

अष्ट्रिया भ्रमणमा रहनु भएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा संयुक्त राष्ट्र संघद्वारा आयोजित विशेष समारोहमा सहभागी हुनु भएको छ । भियना अन्तर्राष्ट्रिय केन्द्र स्थापना भएको ४० औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई संबोधनको लागि सहभागि जनाउनु भएको हो ।

स्थानीय समयअनुसार सोमबार साँझ भएको सो समारोहमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत लगायत सहभागी थियो ।

कार्यक्रमलाई संबोधन गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटे«सले संयुक्त राष्ट्र संघ आफ्नो लक्ष्यमा दृढ भएर लागेको बताउनुभयो । उहाँले विश्वको शान्तिका लागि भईरहेका प्रयासलाई सार्थक बनाउँदै लैजाने र दिगो विकासका लक्ष्यहरु प्राप्तीका कार्यहरुलाई प्रभावकारी बनाउदै लैजाने बताउनुभयो ।
उपराष्ट्रपति पुन अष्ट्रियाका चान्सलरले सोमबार राति आयोजना गर्नुभएको रात्री भोजमा सहभागी हुनु भएको छ ।
उपराष्ट्रपति पुनले मंगलबार आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्नु हुनेछ ।