जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार ११:१५

चार वर्षसम्म ओइलाएको तातोपानी नाका आजबाट सञ्चालनमा


काठमाण्डौ,जेठ १४

२०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका आजबाट सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो ।

भूकम्पले नेपाल चीन जोड्ने मितेरी पुल भत्किएपछि तातोपानी नाका बन्द भएको थियो । अहिले पनि मितेरीपुलको निर्माण भैरहेको छ । नेपाल–चीन जोड्ने मितेरी पुल निर्माणको काम भैरहेकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकबाट नै कन्टेनर गएका चीनतर्फ गएको बताइएको छ ।

चार वर्षसम्म ओइलाएको तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ ।

नेपाल सरकारको पटक–पटकको आग्रह पछि चीन नाका खोल्न तयार भएको हो । बुधबार तिब्बतको खासाबाट ऊन बोकेका कन्टेनर नेपाल प्रवेश गर्ने छन् । ऊन बोकेका ती ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन् ।