जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार ११:३७

एन आई सी एशिया बैंकको नयाँ शाखा विराटनगर र धरानमा


जेठ १४

ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालहरु सञ्चालनमा ल्याएको छ ।

मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरिया शाखाको बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालबाट र धरान उपमहानगरपालिका वडा नं. १८ बुद्ध चोक शाखाको बैंकका सञ्चालक विनोद कुमार प्याकुरेलबाट समुद्घाटन भएको हो ।

बैंकका मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।