काठमाण्डौं, जेठ १४
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक संर्वेक्षण संघिय संसदको प्रतिनिधि सभामा पेश गर्नु भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्षको वित्तीय क्षेत्र सूचकहरु सबल रहेको तथ्याङ्कले देखाएको छ ।
२०७५ फागुनसम्म ७१३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्नुको साथै बैक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ४,७०१ पुगेको छ। चालु वर्षको अन्त्य सम्म सबै स्थानिय तहसम्म वाणिज्य बैंक पुर्याउने लक्ष्य लिएको छ ।
त्यस्तै बिमा व्यवसाय गर्ने कम्पनीको संख्यामा भएको वृद्धिसँगै बिमा व्यवसायको आकार र कारोवारमा विस्तार भएबाट आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म करिब १८.० प्रतिशत नागरिकमा बिमाको पहूँच पुगेको छ। असार मसान्त सम्म २० प्रतिशत नागरिकमा बिमाको पहुँच पुग्ने सरकारको आंकलन छ ।
चालु आर्थिक वर्षमा सुस्त रहेको धितोबजार केहि महिना यता सुधार उन्मुख रहेको छ । हाल नेप्से परिसुचक १३ सय माथि लागेको छ ।













प्रतिक्रिया दिनुहोस्