जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार २२:४७

न्यायालय सुधारमा चाेलेन्द्रकाे साहशिक काम : गलत फैसला गर्ने न्यायाधीश बर्खास्त


काठमाडौं

प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाले न्यायलयमा अनियमितता गर्ने न्यायाधिशलाई बर्खास्त गर्न शुरु गर्नुभएको छ । उहा अध्यक्ष रहेको न्यायपरिषद्ले यस्तो साहासिक निर्णय गर्न शुरु गरेको हो ।

न्याय परिषद्को मंगलबार बसेको बैठकले जिल्ला न्यायाधीशहरु विश्वमंगल आत्रेय र ओमकार उपाध्याय बर्खास्त गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । मंगलबार न्याय परिषद्ले ललितपुर जिल्ला अदालतका न्यायाधीश आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको हो । आत्रेय र उपाध्यायका सम्बन्धमा छानबिनका लागि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

शैक्षिक प्रमाणपत्र नक्कली पेस गरेको र न्यायिक विचलन समेत गरेको भन्दै उनीहरुमाथि छानबिन भएको थियो । न्याय परिषद्ले छानबिन समिति गठन गरेलगत्तै उनीहरु निलम्बनमा परेका थि । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निर्देशनमा दुबै न्यायाधीशलाई परिषद्‍मा तानिएको थियो। परिषदले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा न्याय सेवामा जागिर खाएको दाबीसहित उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

परिषदले अर्का जिल्ला न्यायाधीश आत्रेयलाई अबकास दिने निर्णय गरेको छ । ललितपुर जिल्ला अदालत अनुगमनका क्रममा भिएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रूपैयाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा आत्रेयले चलाखी गर्न खोजेको भन्दै उनीमाथि अनुसन्धान भइरहेको थियो। प्रधानन्यायाधीश राणाकै निर्देशनमा आत्रेयमाथि सुक्ष्म ढंगले अनुसन्धान भइरहेको थियो ।