जनता टाइम्स

३० भाद्र २०७७, मंगलवार २२:०६

सिक्कामा पनि समेटियो लिम्पियाधुरा, लिपुलेक र कालापानी


काठमाडौं, भदौ ३०

सरकारले नेपाल राष्ट्र बैंकलाई नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउन स्वीकृति दिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा निशान छापमा समेटिएपछि सिक्कामा पनि सो नक्सा प्रकाशन गर्न सरकारले स्वीकृति दिएको हो ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्र बैंकलाई नयाँ नक्सा अंकित १ र २ रुपैयाँको सिक्का निकाल्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ भर्ना गर्न दिने निर्णय पनि गरेको छ ।