जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार ११:०७

‘नेपालको पर्यटन क्षेत्र विश्वकै उत्कृष्ट’


काठमाण्डौ, जेठ १५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पर्यटन विश्वका लागि अनुकरणिय रहेको बताउनु भएको छ । दरबारमार्ग स्थीत होटल अन्नपूर्णमा गन्तव्य नेपाल साप्ताहिकको १५ औ बार्षिकोत्सब कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपालको बिबिधता विश्वसामु आर्कषणको केन्द्र रहेको बताउनु भएको हो । उहाँले पर्यटन क्षेत्र कहिल्यै अन्त नहुने क्षेत्र भएकाले यसको बिकासमा सरकार लागिपर्ने बताउनु भयो ।

नेपाली कांग्रेसका सांसद बहादुर सिंह तामाङले २० लाख पर्यटक भित्राउने सरकारको योजना सहि भएपनि आवश्यक भौतिक पूर्वाधार निमार्णमा जोड दिनुपर्ने बताउनु भयो ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले पर्यटन क्षेत्रको बिकासका एजेण्डाहरु सरोकारवालाहरुलाई सम्झाउनु पर्ने बेला आएको भन्दै पूर्वाधार बिकासमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले २० लाख पर्यटक भित्राउने योजना ठुलो कुरा नभएको भन्दै गुणात्मक पर्यटकको आगमन प्रमुख कुरा भएको बताउनु भयो ।