जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार १३:२१

ट्रङक र डेडिकेटेडलाईनको बक्यौता उद्याेगीस‌ंग असुल गर्ने मन्त्री पुनको अठोट


काठमाडौं, जेठ १५

ट्रङक र डेडिकेटेडलाईन प्रयोग गरेर उद्योग चलाउने उद्योगीहरुको बक्यौता उठाई छाड्ने उर्जा मन्त्री बर्षमान पुनले बताउनु भएको छ ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुभएका मन्त्री पुनले २०७३ सालमा नियमावली संसोधन गरिएपछिको व्यवस्था अनुसार ट्रङक लाइन लिएर पनि दैनिक २० घण्टा भन्दा बढी समय उर्जा नपाएका र लोड सेडिङ व्यहोरेका बाहेक अन्य सबै उद्योगीसँग सरकारी बक्यौता बराबर रकम असुल गर्ने बताउनु भएको हो ।

मन्त्री पुनले कुन कुन उद्योगले ट्रङक लाइन प्रयोग गरेर पनि लोड सेडिङको सामना गरे भन्ने विषयमा अध्ययन भैरहेको भन्दै सोही अध्ययन प्रतिवेदन अनुसार शुल्क असुलिने गरिने बताउनु भयो ।

उहाँले ‘हामीले अध्ययन समिति बनाएका छौं, त्यसले कुन कुन उद्योग साच्चै अन्यायमा परेका हुन भन्नेबारे सत्यतथ्य बाहिर ल्याउँछ, त्यसकै आधारमा सरकारी बाँकी सरह असुल गरिनेछ’, भन्नुभयो ।