जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार १५:००

औपचारिकरुपमा सञ्चालनमा आएको तातोपानी नाका तंग्रिन अझै केहि समय लाग्ने


काठमाडौं, जेठ १५

२०७२ सालको भुकम्पको कारण चार वर्षदेखी बन्दमा रहेको चीन जोड्ने प्रमुख तातोपानी नाका बुधवारदेखि औपचारिक सञ्चालनमा आएको छ ।

चीनबाट ऊन लोड गरेका चारवटा कन्टेनर नेपाल पठाएर औपचारिक रूपमा शुभारम्भ हुनेछ।

तर नेपाली व्यवसायीले सहजरुपमा नाका सञ्चालनको लागि अझै ३ वर्ष लाग्ने बताएका छन् । नेपाली ट्रान्सपोर्टरले सम्पर्क कार्यालय नखोलेसम्म सामान ढुवानी गर्न कठिन उनीहरुको भनाई छ । चीनले आफ्नो पूर्वाधार तयार पारेको छ। तर नेपालको आफ्नो पूर्वधार नबन्दा निरन्तर आयत निर्यतमा बाधा पुग्ने छ ।

अहिले नेपाली व्यापारीले केरुङ वा पानीजहाजमार्फत भारतहुँदै सामान पठाइरहेका छन्।

पूर्वाधार र दूरीका हिसाबले खासा नाका व्यवसायीका लागि उपयुक्त छ। तातोपानीबाट एकै दिनमा गाडी काठमाडौं आइपुग्छ भने ग्वान्जाउ र इयुबाट समेत खासासम्म छिटो सामान आइपुग्ने भएकाले खासा व्यवसायीका लागि उपयुक्त रहेको नेपाली व्यव्यसायीले बताएका छन् ।