काठमाण्डौ, जेठ १५
आर्थिक वर्ष २०७६÷७७ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
सिंहदरबारमा बस्ने बैठकले ४ बजे संसदमा प्रस्तुत हुन लागेको बजेट पारित गर्नेछ ।
राष्ट्रिय योजना आयोगले करिब १६ खर्बको सिलिङ दिएको थियो ।
आजको बजेट भाषणको लागि मंलबार मध्यरातसम्म बसेर अर्थमन्त्री डा युवराज खतिवडासहित अर्थमन्त्रालयको टिमले काम गरेको थियो ।
अर्थमन्त्रीले यस पटकको बजेटमा वृद्ध भत्ता, कर्मचारिको तलब , निर्वाचन क्षेत्र कोष बढ्ने संकेत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्