जनता टाइम्स

१३ आश्विन २०७७, मंगलवार १६:२५

काठमाडौं उपत्यकामा थपिए ९३४ नयाँ संक्रमित


काठमाडौं, असोज १३

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९३४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरमा ११४ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा विभिन्न देशभर १५१३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनसार पछिल्लो २४ घन्टामा उक्त संख्या थपिएसँगै संक्रमितको कूल संख्या ७६ हजार २५८ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्ला हाल मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ।