जनता टाइम्स

१३ आश्विन २०७७, मंगलवार १६:३१

पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४९१ पुग्यो


काठमाडौं, असोज १३

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १० जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३ महिला र ७ जना पुरुष गरि १० जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६४ प्रतिशत हो ।