जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार १७:१४

औद्योगिक विकासको लागि मात्र २ अर्व ८७ करोड


काठमाडौं, जेठ १५

‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेको लोकप्रिय केपी ओली नेतृत्वको सरकारले दोश्रो बजेट सार्वजनिक गरेको छ ।

प्रतिनिधी सभा र राष्ट्रिय सभालाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले भुमि व्यवस्था र सहकारीको विकासको लागि ७ अर्व ६९ करोड छुट्याएको बताउनु भएको छ ।

अर्थमन्त्री खतिवडाले हरेक प्रदेशमा एक औद्योगिक क्षेत्र निमार्णको लागि जोड दिएको छ । औद्योगिक विकासको लागि २ अर्व ८७ करोड बजेट प्रस्ताव गरिएको छ ।

सरकारले वृद्ध भत्ता र सामाजिक सुरक्षा भत्तामा एक एक हजार बढाएको छ ।

वीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको बनाउनु ४० करोड छुट्याएको अर्थमन्त्रीले जनाउनु भएको छ ।
राष्ट्रपति चुरे संरक्षणको लागि १ अर्व ७४ करोड विनियोजन गरिएको छ । चुरे क्षेत्रमा ११६ पोखरी निमार्ण गरिने उल्लेख गरिएको छ ।

आजै योजना आयोग, मन्त्रिपरिषदको बैठकले बजेट, आर्थिक विधयेक लगायतका बिधेयकहरु पास गरेपछि बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले संयुक्त सदनको बैठकमा पेश गर्नुभएको हो ।