जनता टाइम्स

१४ आश्विन २०७७, बुधबार १६:२२

देशभर थपिए १५५९ कोरोना संक्रमित, १०५७ डिस्चार्ज


काठमाडौं, असोज १४

पछिल्लो २४ घण्टामा देशभर १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १५५९ जना संक्रमित थपिएको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २०५ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा १० लाख २१ हजार ५०३ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७७ हजार ८१७ जना पुगेको छ । आज २० हजार ८९१ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १०५७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ । संस्थागत आइसोलेसनमा १० हजार ८७ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा १० हजार ८०४ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ५ हजार ४२८ रहेको छ ।