जनता टाइम्स

१४ आश्विन २०७७, बुधबार १६:४४

सरकारको कठोर निणर्य : पीसीआर परीक्षण शुल्क २ हजार बढी लिए अनुमति खारेज


काठमाडौं, असोज १४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा ल्याबलाई शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । निजी प्रयोगशालाहरुले तोकेको शुल्कभन्दा बढी पीसीआर शुल्क लिएपछि सरकारले यस्तो कठोर निणर्य लिएको हो । सरकारले २ हजारभन्दा बढी शुल्क लिनेलाई अनुमति खारेज गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा.डा. प्रवक्ता जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टमको निर्णय सुनाउँदै २४ घण्टाभित्र पीसीआर शुल्क समायोजन नगरे परीक्षणको स्विकृति खारेज गरिने जानकारी दिनुभएको हो ।

साथै उहाँले सरकारको निर्णय नमानी बढी शुल्क लिए कालाबजारी गरेको कसुरमा कारबाही गर्न गृह मन्त्रालय र वाणिज्य विभागलाई पत्राचार गर्ने निर्णय भएको पनि बताउनुभयो । यसअघि सरकारले देशभरका सबै प्रयोगशालाहरुले पीसीआर शुल्क २ हजार भन्दा बढी लिन नपाउने निर्णय गरेको थियो ।