काठमाडौं, असोज १५
भूूकम्पले क्षतिग्रस्त रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ । बालगोपालेश्वर मन्दिरको पुननिर्माण सकिएपछि आज क्षमापुजा गरेर गजुर राखिएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार जुरेको शुभ साइतमा मन्दिरमा गजुर राखिएको जानकारी दिनुभयो । गजुरे राखेपछि क्षमा पुजा पनि हुनेछ ।
पहिलो चरणको योजनाअनुसार पोखरी वरपर सरसफाइ लगायतको केही काम मात्रै बाँकी छन् । केही दिनभित्रै रानीपोखरीमा माछाका भुरा पनि हालिने बताइएको छ । २०७२ सालमा गएको भुकम्पले भत्किएको रानीपोखरी सरकारले प्रमुखताका साथ पुननिर्माण कार्य अघि बढाएको थियो । जुन अब लगभग सम्पन्न हुने चरणमा छ ।
प्रतिक्रिया दिनुहोस्