जनता टाइम्स

१५ आश्विन २०७७, बिहीबार ११:२९

पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिका र पूर्वमुख्यसचिव रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, असोज १५

सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै, मुख्यसचिव रहेर राजिनामा दिनु भएका लोकदर्शन रेग्मीलाई सयुक्त अधिराज्य बेलायतको राजदूतका लागि नियुक्त गर्ने सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले दुवै जनालाई राजदूत नियुक्त गर्ने सिफारिस गरेको एकमन्त्री जनताटाइम्स अनलाइनलाई जानकारी दिनुभयो । रेग्मीले केहीअघि मुख्यसचिवबाट राजिनामा दिनु भएको थियो । उहाको राजिनामा स्विकृत गरेर राजदूत बनाउने निर्णय भएको हो ।

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ राजदूत नियुक्त गर्ने संवैधानिक व्यबस्था छ ।