जनता टाइम्स

१५ आश्विन २०७७, बिहीबार १६:२१

एकैदिन १९ सय ११ जनामा कोरोना


काठमाडौं, असोज १५

पछिल्लो २४ घण्टामा देशभर १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १९११ जना संक्रमित थपिएको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४४४ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा १० लाख ३३ हजार ९४७ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७९ हजार ७२८ जना पुगेको छ । आज २१ हजार ८३० जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ । संस्थागत आइसोलेसनमा १० हजार ७६१ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ११ हजार ६९ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ५ हजार ७७ रहेको छ ।