काठमाडौं, असोज १६
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै आफू र श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएको बताएका छन् । यस अघि उनले आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि क्वारन्टीनमा बसेको जनाएका थिए ।
उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए । साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन् ।
प्रतिक्रिया दिनुहोस्