काठमाडौं, असोज १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले दाङको भालुवाङमा प्रदेश ५ को स्थायी राजधानी बनाउने निश्कर्ष निकाल्नुभएको छ । प्रदेशमा स्थायी राजधानीको बिषयमा सहमति नहुने देखेपछि दुई अध्यक्षले यस्तो निश्कर्ष निकाल्नुभएको हो ।
ओली र प्रचण्डको यो निश्कर्षसँगै अव प्रदेश ५ सरकारले दाङको भालुवाङमा स्थायी राजधानी बनाउने गरी प्रदेशसभामा प्रस्ताव लैजाने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामांकण र स्थायी राजधानी तय हुन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङमध्ये कहाँ राजधानी राख्ने भन्ने बिषयमा प्रदेश ५ को प्रदेशसभमा तीब्र मतभेद रहेको थियो । हरेक जिल्लाका सांसद तथा नेताहरु आफ्नो जिल्लामै राजधानी राख्ने तर जनताको सुविधा नहेर्ने प्रचलन बढेपछि बिवाद बढदै जाँदा प्रदेशसभामा दुई तिहाई बढी मह रहेको नेकपाका अध्यक्षद्वयले दाङको भालुवाङलाई केन्द्र बनाएर सोही स्थानमा स्थायी राजधानी बनाउने निश्कर्षमा पुग्नुभएको हो ।
नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यसअघि पुसमा नै स्थायी राजधानीको बिषयमा पार्टी नेतृत्व्ले नै निर्णय गर्नुपर्ने सुझाव दिनुभएको थियो । सोही सुझावअनुसार नेकपाले बागमति प्रदशेको राजधानी हेटौडामा राख्ने निर्णयसहित सर्कुलर गरेको थियो ।
सर्कुलर अनुसार नाम र राजधानी कायम भइसकेको छ । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल प्रदेशको केन्द्रका हिसावले दाङमा राजधानी बनाउने पक्षमा हुनुभए पनि सार्वजनिक रुपमा बोल्नुभएको थिएन ।दुई अध्यक्षबीच दाङको भालुवाङमा स्थायी राजधानी बनाउने सहमति भएको र त्यसअनुसार प्रदेशमा निर्देशन गइसकेको सचिवालयका एक नेताले जनताटाइम्सलाई बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्