काठमाडौं, असोज १६
पछिल्लो २४ घण्टामा ३३०७ जनाले कोरोनासँगको लडाईं जित्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका अस्प्तालमा उपचाररत ३३०७ जनाले कोरोना जितेर घर फर्किएका हुन । पछिल्लो २४ घण्टामा घर फर्केनको यो संख्यासँगै नेपालमा कोरोना जित्नेको संख्या ६० हजार ६९६ पुगेको छ ।
स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ५४०२, प्रदेश २ मा १३९२८, बागमति प्रदेशमा १८८५१, गण्डकी देशमा ३३७९, प्रदेश ५ मा ९०८१, कर्णाली प्रदेशमा ३०२५ र सुदुरपश्चिम प्रदेशमा ७०३० जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७३.६ प्रतिशत हो ।













प्रतिक्रिया दिनुहोस्