झापा, असोज १६ । झापाको गौरादहमा भएको श्रीमतीको बिभत्स हत्यामा उनकै पतिको संलग्नता रहेको निश्कर्षमा प्रहरी पुगेको छ । घटनास्थलको अवस्था र पोष्टमार्टम रिपोर्टको अध्ययनपछि पतिले नै हत्या गरेको निश्कर्षसहित प्रहरीले पक्राउ गरेको छ ।
गौरादह नगरपालिका १ स्थित ६५ वर्षीया मनमाया भण्डारीको चार दिन अघि दिउसै घरमै हत्या भएको थियो । भण्डारीको हत्या गरेको अभियोगमा प्रहरीले उनका ६४ वर्षीय पति भीमबहादुर भण्डारीलाई पक्राउ गरेको हो । भीमबहादुरलाई पक्राउ गरी आज जिल्ला अदालतबाट ७ दिन म्याद लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
असोज १२ गते साढे ४ बजे मनमायाको हत्या गरिएको अवस्थामा भण्डारीको शव फेला परेको थियो । पोष्टमार्टम रिपोर्ट र अन्य प्राविधिक अनुसन्धानपछि हत्यामा उनकै पतिको संलग्नता देखिएको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभएको छ । मनमायाको हत्या भएको समयमा उनका पति भीमबहादुर घरमै भएको पाइएको प्रहरीको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्