काठमाडौं, असोज १७ । सरकारले यस पटकको दशैं तिहार मनाउन गाउँ जाने कुरामा जिद्दी नगर्न आग्रह गरेको छ। कोरोना संकटका कारण जटिल अवस्था आइलागेको भन्दै सरकारले कोरोना संक्रमण गइसकेपछि अर्को वर्ष धुमधामसँग दशैँ मनाउन आग्रह गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दशैं तिहारलगायत आउँदै गरेका चाडबाडमा विशेष सचेतता अपनाउन पनि भनेका छन।
‘ठूला चाडबाड आउँदैछन। हामी गाउँगाउँ जाँदै छौँ, एक पटक सोचौँ कतै हामीले कोरोना त बोकेका छैनौँ, प्रवक्ता गौतमले भन्नुभयो, जेष्ठ नागरिकसँग कोरोनासँग लड्ने क्षमता कम हुन्छ। उहाँहरुलाई संक्रमण भए अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ। त्यसैले दशैँ अर्को पटक पनि आउँछ। बा आमा कहिल्यै आउनुहुन्न।’
गौतमले कोरोना आफैँ नसर्ने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि सुझाव दिनुभयो । ‘कसैलाई भेट्नै परे सामाजिक दूरी कायम गरौँ। जेष्ठ नागरिकलाई भेट्न परे दूरी राखेर भेटौँ। अंकमाल गर्ने नगरौँ, बुढा बुढीले प्रयोग गर्ने सामान सफा गरौँ, औषधी र खानपानको विशेष ख्याल गरौँ’, प्राडा गौतमले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्