जनता टाइम्स

१७ आश्विन २०७७, शनिबार १६:२१

एकैदिन थपिए २१ सय २९ जना कोरोना संक्रमित


काठमाडौं, असोज १७ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय २० जनामा कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय २० जना कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ७८ जनाको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय १ जना रहेका छन ।