जनता टाइम्स

१७ आश्विन २०७७, शनिबार १६:३६

७४.१% संक्रमितले जिते कोरोनासँगको लडाई : २४ घण्टामा २०४४ जना डिष्चार्ज (सातै प्रदेशको सूचीसहित)


काठमाडौं, असोज १७ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित डिष्चार्ज भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार सातै प्रदेशमा गरी पछिल्लो २४ घण्टामा २ हजार ४४ जनाले कोरोना जितेका हुन ।

योसँगै नेपालमा कोरोना जित्नेको संख्इा ६२ हजार ७ सय ४० जना पुगेको छ । यो कुल संक्रमित संख्याको ७४ दशमलव १ प्रतिशत हो । कोरोना जित्नेमा प्रदेश १ मा ५६ सय ५५, प्रदेश २ मा १४ हजार २ सय १५, बागमति प्रदेशमा ९६ सय ५६, गण्डकी प्रदेशमा ३५ सय ९९, प्रदेश ५ मा ९३ सय ४६, कर्णाली प्रदेशमा ३१ सय ५५ र सुदुरपश्चिम प्रदेशमा ७१ सय १४ जना रहेका छन ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय २० जना कोरोना संक्रमण पुष्टि भएको छ ।