जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार १८:१७

१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट


काठमाडौं, जेठ १५

‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेको लोकप्रिय केपी ओली नेतृत्वको सरकारले दोश्रो बजेट सार्वजनिक गरेको छ ।
सरकारले १५ खर्ब ३२ अर्व ९६ करोड ७१ लाखको बजेट सार्वजानिक गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको सयुक्त वैठकमा आज सो आकारको बजेट सार्वजानिक गर्नु भएको हो ।

अर्थमन्त्री खतिवडाका अनुसार विनियोजित बजेट मध्ये चालु खचतर्फ ९ खर्व ५७ अर्व ३२ करोड र पुँजी गत तर्फ ४ खर्ब ८ अर्व ३२ लाख रहेको छ । चालु तर्फ ६२.४ र पुजीगत तर्फ २६.६ प्रतिशत रहेको छ ।अर्थमन्त्री युवराज खतिवडाले भुमि व्यवस्था र सहकारीको विकासको लागि ७ अर्व ६९ करोड छुट्याएको बताउनु भएको छ ।अर्थमन्त्री खतिवडाले हरेक प्रदेशमा एक औद्योगिक क्षेत्र निमार्णको लागि जोड दिएको छ । औद्योगिक विकासको लागि २ अर्व ८७ करोड बजेट प्रस्ताव गरिएको छ ।

सरकारले कर्मचारीको मनोबल बढाउन रापजत्रांकितहरुको लागि १८ प्रतिशत र राजपत्र अनंकित २० प्रतिशत तलब वृद्धि गरिएको छ । त्यस्तै रेल, मेट्रो तथा मोनोरेलको विकासको लागि ७ अर्ब ७० करोड बजेट छुट्याइएको छ । भुकम्प पछिको पुन निमार्णको लागि १ खर्ब ४१ विनियोजन गरिएको छ ।उर्जा क्षेत्रको विकासको लागि ८३ अर्ब ४९ करोड विनियोजन भएको छ । सरकारले वृद्ध भत्ता र सामाजिक सुरक्षा भत्तामा एक एक हजार बढाएको छ । वीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको बनाउनु ४० करोड छुट्याएको अर्थमन्त्रीले जनाउनु भएको छ ।

राष्ट्रपति चुरे संरक्षणको लागि १ अर्व ७४ करोड विनियोजन गरिएको छ । चुरे क्षेत्रमा ११६ पोखरी निमार्ण गरिने उल्लेख गरिएको छ ।

आजै योजना आयोग, मन्त्रिपरिषदको बैठकले बजेट, आर्थिक विधयेक लगायतका बिधेयकहरु पास गरेपछि बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले संयुक्त सदनको बैठकमा पेश गर्नुभएको हो ।