जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार १९:३८

अराजक बन्यो बुटवलको आन्दोलन : योजना बनाएरै मुख्यमन्त्री पोखरेल सवार गाडीमा यसरी गरियो आक्रमण


बुटवल, असोज १८ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । आज साँझ काठमाडौंबाट बुटवल आउँदै गर्दा मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो ।

प्रदर्शनकारीले मुख्यमन्त्री पोखरेलमाथि नै निसाना साँधेर गाडीमा ढुंगा प्रहार गरेका थिए । प्रहरीले ढुङ्गा प्रहारमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको छ । अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आक्रमणबाट मुख्यमन्त्री पोखरेल चढेको र अगुवा तथा पछुवाको गाडिमा समेत क्षति भएको छ । प्रहरीले योजना बनाएरै मुख्यमन्त्री पोखरेलको गाडीमा आक्रमण भएको र उहाँलाई नै लक्षित गरिएको बताएको छ ।