काठमाडौं, असोज १९ । केही समयदेखि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र नेपाली सेनाबीचको सम्बन्ध बिग्रिएको समचार खुवै आयो । यतिसम्मकि रक्षामन्त्री पोखरेल र प्रधानसेनापति पुर्णचन्द्र थापाबीच निकै कटुतापुर्ण सम्बन्ध बनेको र मन्त्रीले सेनामाथि गम्भीर आक्षेप लगाएको र मन्त्रालयको एउटा कार्यक्रममा भनाभन भएको भन्नेसम्मको समाचार आयो । रक्षा मन्त्रालयले सो समाचार असत्य रहेको बताए पनि निरन्तर रुपमा यस बिषयमा सरकार–सेना भिडाउने योजनाका साथ समाचार प्रकाशित भइरहेको तथ्य उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले राख्नुभएको छ ।
नेपाली सेनासँग सम्बन्ध बिग्रेको भन्ने बिषय सत्य भन्दा धेरै टाढाको कल्पना रहेको मन्त्री पोखरेलको भनाई छ । ‘नेपाली सेनासँग सम्बन्ध बिग्रिएको भनेर जसरी योजनावद्ध रुपमा अपवाह फैलाइएको छ, त्यो किल्कुलै झुटो र सम्बन्ध बिर्गान सकिन्छ कि भनेर चलाइएको खेती हो, त्यसमा कुनै सत्यता छैन । म रक्षामन्त्री भएपछि संसलमा होस या सार्वजनिक सञ्चारमाध्यममा किन नहोस, या पब्लिक कार्यक्रममा– नेपाली सेनाको ऐतिहासिक सन्दर्भसहित यसको भूमिका र योगदानबारे बताएको छु, सेनाका पुराना थाँती रहेका काम सम्पन्न गरेको छु । द्वन्द्वकालका पीडितमध्ये सेनामाथि भेदभाव थियो, हटाएको छु,’ मन्त्री पोखरेलको भनाई छ ।
उहाँले नेपाली सेनाको उच्च मनोवल कायम राख्नका लागि सरकारले काम गरिरहेको र सैनिक नेतृत्व पनि इमान्दारितका साथ काम गरिरहेको बेला कँही कतै दरार ल्याउन सकिन्छ कि भनेर योजनावद्ध रुपमा अफवाह सिर्जना गर्ने काममा केही मिडया लागेको तथ्य पनि राख्नुभयो ।
‘शान्ति स्थापनार्थ विदेशमा खटाइने क्रममा सोर्सफोर्स चल्थ्यो, अब यसमा हारालुछ गर्नुपर्दैन । मेरो कुन समयमा पालो आउँछ भन्ने कुरा कानुनले नै परिभाषित गरिदिएको छ । सीआईएसएनको सदस्य बनाउने विषयमा महत्त्वपूर्ण भूमिका खेलियो । संसारका १ सय ४० देशका सेनाको ओलम्पिक चीनको बुहानमा भएकामा नेपाली सेनाले पहिलोपटक सहभागिता जनायो। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय अगाडि बढायौं। सेनासँग मेरो सम्बन्धमा यस्तोउस्तो भन्ने नै छैन। तर, एउटा सन्दर्भको अनावश्यक टीकाटिप्पणी भयो,’ मन्त्री पोखरेलले भन्नुभयो । उहाँका अनुसार मन्त्रालयको बार्षिक समिक्षामा कामको रफ्तार बढाउने बिषयमा आफ्नो धारणा राखेको बिषयलाई उल्टो बनाएर प्रचारमा ल्याइएको बताउनु भयो ।
बैठक बसेको दिन सामान्य समाचार थियो सञ्चारमाध्यममा। दुई दिनपछि भयंकर हाइलाइट गरेर आयो मैले बोलेकोमा प्रधानसेनापतिले खण्डन गरेको भनेर । जबकि प्रधानसेनापतिले बोलेपछि मैले बोलेको थिएँ। त्यस्तो केही थिएन । नियतमै विष पिएकाहरूले अभिव्यक्त गरेका कुरा हुन् यी
‘मन्त्रालयको वार्षिक समीक्षा बैठक समापनका क्रममा मैले भनें, ‘गत वर्ष पनि सबै साथीहरूले यही भन्नुभएको थियो, अहिले पनि त्यही कुरा आए । नयाँ छैन, के हो यो ?’ लकिरका फकिरको उदाहरण दिँदै मैले भनेको थिएँ। जोगीले भिक्षा माग्न जाँदा बिहान त्यही बाटो जान्छ, बेलुका पनि त्यही बाटो आउँछ, भोलिपल्ट पनि त्यही बाटो हिँड्छ भने कसैले भिक्षा दिँदैन । नयाँ ट्र्याकमा हिँड्नुपर्यो भनें । बैठक बसेको दिन सामान्य समाचार थियो सञ्चारमाध्यममा। दुई दिनपछि भयंकर हाइलाइट गरेर आयो मैले बोलेकोमा प्रधानसेनापतिले खण्डन गरेको भनेर । जबकि प्रधानसेनापतिले बोलेपछि मैले बोलेको थिएँ। त्यस्तो केही थिएन । नियतमै विष पिएकाहरूले अभिव्यक्त गरेका कुरा हुन् यी,’ उपप्रधान तथा रक्षामन्त्री पोखरेल भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्