जनता टाइम्स

२० आश्विन २०७७, मंगलवार १५:५४

प्रदेश–५ को स्थायी राजधानी बन्यो राप्ती उपत्यका, दुई तिहाई भन्दा बढी मतबाट भयो पारित (भिडियोसहित)


बुटवल, असोज २०

प्रदेश ५ को स्थायी राजधानी राप्ती उपत्यका बनाउने प्रस्ताव प्रदेशसभाबाट पास दुई तिहाई बढि मतले पारित भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्तावको पक्षमा दुई तिहाई बढि मत परेको हो ।

कुल ८७ सांसद भएपनि मतदानमा ८२ सांसद उपस्थित थिए । प्रस्तावको पक्षमा ६९ मत परेको थियो भने विपक्षमा १३ परेको छ । यो प्रस्ताव पारित हुन ५८ मत आवश्यक थियो । जसमध्ये नेकपाकै ६१ मत थियो । तर, सो प्रस्तावलाई अन्य दलका सांसदले समेत समर्थन गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ह्विप लगाएपनि विपक्षमा मतदान गरेनन् । सो दलको प्रदेशसभामा १९ सांसद भएपनि केवल १३ मत आएको थियो । अनुपस्थित ५ सांसद जोड्दा पनि १८ मात्र हुन्छ ।

https://www.facebook.com/jantatimes/videos/1048870385567142/