जनता टाइम्स

२० आश्विन २०७७, मंगलवार २१:१६

मुख्यमन्त्री पोखरेललाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिए बिशेष धन्यवाद


काठमाडौं, असोज २० । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई बधाईसहित बिशेष धन्यवाद दिनुभएको छ ।

आफ्नो सुझावअनुसार प्रदेशसभामा राजधानीको बिषयमा बिशेष सम्बोधन गरी चार जिल्लाको भुगोल र १२ ओटै जिल्लाको भावना साझा भावना समेटने काम गरेको भन्दै थापाले मुख्यमन्त्री पोखरेललाई धन्यवाद दिनुभएको हो । प्रदेशसभा बैठकले आज मात्रै प्रदेश ५ लाई लुम्बिनी नामांकरण गरी राप्ती उपत्यका अन्तर्गत दाङको भालुबाङ केन्द्र बनाई प्रदेशको स्थायी राजधानी बनाउने निर्णय गरेको थियो ।

यसअघि प्रदेशसभामा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले भैरहवा–बुटवल करिडोरलाई आर्थिक राजधानीका रुपमा बिकाश गर्ने जानकारी दिनुभएको थियो भने प्यूठान, अघाँखाँची, दाङ र कपिलबस्तु जिल्ला समेटिएको भालुबाङ क्षेत्रको बिषयमा उठाइएको मागको बिशेष सम्बोधन गर्नुभएको थियो ।

‘लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको भालुबाङ क्षेत्र भइसकेपछि आसपासमा पनि विकासको प्रभाव पर्छ । प्यूठानको सरूमारानी गाउँपालिकाको बाङ्गेसाल क्षेत्र पनि राप्ती उपत्यका क्षेत्रअन्तर्गतै पर्दछ र राजधानीको विकास त्यहाँसम्म पनि विस्तार हुन्छ । दाङकै लमही नगरपालिका र कपिलबस्तुको शिवराज नगरपालिकासम्म नै राजधानीको विकास विस्तार हुन्छ,’ मुख्यमन्त्री पोखरेलको भनाई थियो ।

प्यूठानका स्थायी बासिन्दा नेकपाका नेता थापाले मुख्यमन्त्रीको यो सम्बोधनलाई लिएर बिशेष धन्यवाद दिनुभएको हो । ‘मैले हिजो (सोमवार) मात्र प्यूठानको सरूमारानी गाउँपालिका वडा नम्बर १ र २ लाई राजधानी क्षेत्रमा समेट्नुपर्ने सुझाव दिएको थिएँ, बिशेष धन्यवाद छ मुख्यमन्त्रीज्यू, सकारात्मक सम्बोधनका लागि,’ थापाले भन्नुभएको छ । नेता थापाले सोमवार प्रदेश राजधानी र नामको बिषयमा मुख्यमन्त्री पोखरेलको प्रस्ताव अत्यन्त सही रहेको निश्कर्षसहित १२ बुँदे धारणा राख्नुभएको थियो ।

र, यो पनि

प्रदेश–५ को राजधानीबारे नयाँ खुलासा, सूर्य थापाले खोले नेकपाका पाँच नेताबीच गोप्य सहमतिको यो तथ्य