भक्तपुर, असोज २१
नेपाल मजदुर किसान पार्टी (नेमाकिपा) का भक्तपुर नगरपालिकाका निर्वाचित सदस्य विश्वराज शिल्पकारको नेतृत्वमा सयौं नेमाकिपाका कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । आज भक्तपुरको सुर्य विनायक पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनिहरु नेकपामा प्रवेश गरेको हो ।
नेपाल मजदुर किसान पार्टी विधि र पद्धतिमा भन्दा नि व्यक्तिबादमा चलेको, पार्टीले क्षेत्रगत दायरा बढाउन नसकेको, राष्ट्रिय राजनीतिमा पहुँच राख्न नसकेको भन्दै करिब १०७ जना सक्रिय नेमाकिपाका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन ।
नेपाल कम्युनिस्ट पार्टीका बागमती प्रदेश सचिव आनन्द पोख्रेलको प्रमुख अतिथ्य एवं भक्तपुर पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य दिलिप प्रजापति, चाँगुनारायन नगरपालिकाका मेयर एवं नेकपाका केन्द्रीय सदस्य सोम मिश्र, लगायतका अतिथिहरुको उपस्थितिमा उनिहरुलाई पार्टी प्रवेश गराएका हुन । उक्त कार्यक्रममा बोल्दै पोख्रेलले नव प्रवेश कार्यकर्ताहरुलाई हैसियत र क्षमता अनुसारको पार्टीमा जिम्मेवारी प्रदान गरिने बताउनुभयो । उक्त कार्यक्रमको सञ्चालन भक्तपुर पार्टी सचिव डिपी ढकालले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्