जनता टाइम्स

२१ आश्विन २०७७, बुधबार १५:१०

सुशान्त प्रकरण : रिया चक्रवर्ती जेलबाट छुटिन्, भाइ जेलमै


काठमाडौं, असोज २१

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा एनसीबीको हिरासतमा रहेकी अभिनेत्री रिया चक्रवर्ती जमानतमा छुटेकी छिन्। रिया सुशान्तकी प्रेमिका थिइन्। मुम्बईको उच्च अदालतले चक्रवर्तीलाई जमानतमा छाडेको भारतीय संचारमाध्यमले जनाएका छन्। यद्यपी उनका भाई सौविक चक्रवर्ती भने अझै हिरासतमा छन् ।

उनको जमानत अदालतले अस्वीकार गरेको हो। सीआईबीले सुशान्तको मृत्युको घटनाबारे अनुसन्धान गर्दै जाँदा त्यहाँ लागूपदार्थको धन्दाको विषयहरु खुल्न थालेपछि भारतको लागुपदार्थविरुद्धको संस्था एनसीबीले रियासहित उनका भाईलाई हिरासतमा लिएको थियो।

रियाको च्याटबाट सुशान्तले ड्रग्स लिने गरेको र रियाले लागुपदार्थ ओसार पसार गर्ने गरेको पाइएको थियो। यस कार्यमा रियाका भाई पनि संलग्न भएको बताइएको छ। एनसीबीले दीपिका पादुकोण, सारा अलि खान र श्रद्धा कपुरजस्ता चर्चित कलाकारलाई सुशान्त र लागुपदार्थको बारेमा सोधपुछ गरेको थियो।

रिया जमानतमा छुटेपनि उनलाई अदालतले केही सर्तहरु प्रस्तुत गरेको छ। जसअनुसार रियाले अदालतको आदेश बिना देश बाहिर जान पाउने छैनन्। अदालतले सुशान्तको घरमा काम गर्ने स्यामुअल मिरान्डा र दीपेश सावन्तलाई पछि जमानतमा छाडेको बताइएको छ। तर ड्रग डिलर भनिएका अब्दुल परिहाकलाई भने जमानतमा छाड्न अस्वीकार गरिएको छ। एजेन्सी