ओखलढुङ्गा, असोज २३
रक्सीले टिल्ल मातेर परस्त्रीको ओछ्यानमा पुगेपछि नेपाली कांग्रेसका एक नेता पक्राउ परेका छन । मध्यरातमा रक्सीले मातेर एक महिलाको घरमा ओछ्यानमै पुगेर दूर्व्यवहार गर्ने काममा संलग्न भएपछि नेपाली कांग्रेसका युवा नेता तथा मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका हुन ।
प्रहरीका अनुसार वडाअध्यक्ष राईले स्थानीय महिलाको घरमा गएर बलात्कारको प्रयाश गरेका थिए । बलात्कारको प्रयास गरेपछि पीडित महिलाले प्रहरीमा पुगेर लिखित रूपमै उजुरी दिएपछि पक्राउ गरेका हुन । मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुव्र्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजूरीका आधारमा वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
“करणीको जाहेरी आएपछि हामीले वडाध्यक्ष राईलाई नियन्त्रणमा लिइएको हो, प्रहरीको भनाई छ । अध्यक्ष राईले एक साता अघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई बलात्कारको प्रयास गरेको पीडित महिलाको भनाई छ । वडाध्यक्ष राईलाई जोगाउन कांग्रेसले सम्पूर्ण शक्ति लगाए पनि स्थानीयस्तरमा मिलाउने प्रयास गरेको भए पनि पीडित महिलाको हिम्मतका कारण असफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्