काठमाडौं, जेठ १६
स्टक ब्रोकर एसोसिएसनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा खुसी व्यक्त गरेका छन् ।
प्राया सँधै अर्थमन्त्रीसँग रिसाउने गरेको ब्रोकरहरु यसपटक भने खुसी हुँदै स्वागत वक्तव्य निकालेका छन् ।
ब्रोकर एसोसिएसनले बजेट मार्फत दोस्रो बजारको सबै कारोबार विद्युतिय प्रणालीबाट गर्न लागेको, सरकारी ऋणपत्र कारोबारको लागि अनलाइन प्रणाली विकास गरिने गैरआवासीय नेपालीहरुलाई दोस्रो बजार मार्फत पनि लगानी गर्न सकिने व्यवस्था गरेकोले आगामी दिनमा धितोपत्र बजार फराकिलो हुने विश्वास गरेका छन् ।
पुँजीगत लाभकरको दरमा प्रोत्साहन स्वरुप गरिएको कटौतिले आम लगानीकर्ताहरुले दोस्रो बजारप्रति थप आकर्षित भई पुँ छरिएर रहेको पुँजी परिचालन हुने वातावरण बन्ने एसोसिएसनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्