जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार १२:१५

पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँलेलाई मातृ शोक


काठमाडौं, असोज २६

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृ शोक परेको छ । उहाँको आमा सोमादेवी कोइरालाको आज बिहान खुमलटारस्थित निवासमा ९३ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ। कोइरालाको आजै पशुपति आर्यघाटमा दिउँसो दाहसंस्कार गरिँदै छ।