जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार २२:३१

पोल गाडेको ३ बर्षपछि बिजुली पुग्दा दुर्गमबस्तीमा छाएको खुसीयाली


बैतडी, असोज २६

नेपालका विकट जिल्लामा विद्युत सेवा पुग्न सकेको छैन । कतिपय जिल्लामा त बिजुलीका पोल गाडेको बर्षौं वितेपनि पुग्न सकेको छैन ।

बैतडीको दोगडाकेदार गाउँपालिका–५ स्थित दुुर्गमबस्ती जिमकोटमा पनि बिजुलीका पोल गाडेको ३ वर्ष पुगेको छ । तर, ३ बर्ष अगाडि पोल गाडेको भएपनि हाल आएर बल्ल बिजुली बलेको छ । बिजुली बलेपछि स्थानीयले खुसीयालीमा बिजुली जडान गर्ने प्राविधिकलाई फूलमाला अबिरले सम्मान गरेका छन् ।