सुर्खेत, असोज २८
माधव नेपाल समूहका प्रदेशसभा सदस्यहरु अविश्वास प्रस्तावबाट ब्याक भएपछि कर्णलीको राजनैतिक संकट अहिलेलाई समाधान भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका प्रदेशसभा सदस्यहरु ब्याक भएपछि राजनैतिक संकट समाधान भएको हो ।
मुख्यमन्त्री शाही र नेपाल समूहबीच सहमति भइसकेको छ। सहमति अनुसार नेपाल समूहले तीनजना मन्त्री र एक जना संसदीय दलको सचेतक पाउने भएको छ। सैद्धान्तिक सहमति भएको बताइएको छ । यसैबीच माधव नेपाल समूहका प्रदेश सभा सदस्य कुर्मराज शाही सचेतकमा नियुक्त हुनुभएको छ ।
यसअघि सचेतक रहेकी सीता नेपाली प्रमुख सचेतकमा सोमबार मात्रै नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतवार १८ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव पेश गरेपछि कर्णालीमा राजनीतिक संकट देखिएको थियो।
प्रतिक्रिया दिनुहोस्