जनता टाइम्स

२८ आश्विन २०७७, बुधबार १२:१९

प्रतिनिधिसभा सदस्य सानु शिवाको निधन


काठमाडौं, असोज २८

प्रतिनिधिसभा सदस्य सानु शिवाको राजधानीमा निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांसद रहनु भएकी शिवाको आज विहान उपचारको क्रममा निधन भएको हो ।

पार्टी एकता अघि तत्कालिन एमालेको तर्फबाट समानुपातिक सांसदमा उहा विजयी हुनु भएको थियो । उहाको आज विहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जनाकारी दिनुभयो ।

‘केही वर्षअघि उहाँको मृगौला प्रत्यारोपण गरिएको थियो, तर स्वास्थ्य राम्रै थियो’, नेम्बाङले भन्नुभयो, ‘तीन–चार दिनअघि एक्कासी मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको रहेछ ।’ उहा जनसांस्कृतिक अभियानकि अगुवा गायिका समेत हुनुहुन्थ्यो ।