जनता टाइम्स

२८ आश्विन २०७७, बुधबार १२:५९

यी हुन लगातार ४१ घण्टा नाचेर विश्व रेकर्ड राख्ने नेपाली दिदीबहिनी


काठमाडौं, असोज २८ । निरन्तर ४१ घण्टा ५ मिनेट कपल डान्स (जोडी नाच) गर्ने काठमाडौंका दिदीबहिनीलाई कार्यक्रमबीच कीर्तिमानी प्रमाणपत्र र मेडल हस्तान्तरण गरिएको छ ।

नाचेर विश्व कीर्तिमानी कायम गर्ने कलंकीका एलिसा श्रेष्ठ र रुबीसा श्रेष्ठलाई वल्ड रेकर्ड फाउन्डेसन नेपालले उच्च सम्मान गर्दै हालै प्रमाणपत्र मेडलसहित सम्मान गरेको हो । उनीहरूलाई लामो समय देखिन गिनिज बुकमा नाम लेखाउन सहयोग गर्दै आएका शर्मिला श्रेष्ठ, समाजसेवी सुवास लिम्बूले प्रमाणपत्र मेडलसहित सम्मान गर्नुभएको हो ।

नेपाली कलालाई विश्व सामु पुर्‍याउन नेपाली चेलीले गरेकोे योगदानको कदर गर्दै उक्त सम्मान गरिएको वल्र्ड रेकर्ड फाउन्डेसनका अध्यक्ष चित्रकुमार कार्कीले बताउनुभयो ।आगामी दिनमा पैसाको अभावले कसैको कला मर्न नदिन फाउण्डेसन दत्तचित्त भएर लाग्ने कार्कीले बताउनुभयो ।