जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार १८:४५

८ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिका लागि यी हुन मुख्य आधार


काठमाण्डौं, जेठ १६

अर्थमन्त्री युवराज खटिवडाले आगमी आर्थिक वर्षमा ८ प्रतिशत भन्दा माथिको वृद्धिको लागि मुख्य आधार ठुला आयोजना तामाकोशि जलविद्युत आयोजना र मेलेम्ची खानेपानी आयोजना सम्पन्न हुँदा आर्थिक वृद्धि बढी हुने बताउनु भएको छ ।

उहाँले हाल जेठमा बजेट आएपनि असोजबाट मात्र काम शुरु हुँदा चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि गर्न नसकेको बताउनु भएको छ । यसको सुधारको लागि आगमि आर्थिक वर्षको लागि संरचनागत सुधार गर्ने बताउनु भएको छ ।

दोस्रो प्रवृति काम भएका आयोजनामा पनि समयमा भुक्तानि दिन नसक्दा पनि आर्थिक वृद्धिमा अवरोध पुगेको बताउनु भएको छ । ‘अहिले कतिपय काम भैरहेको तर भुक्तानि भएका छैन । अरु केहि प्रशासनिक समस्याहरु पनि यसमा गासिएका छन्।’ यसलाई समाधन गर्दा आर्थिक वृद्धिको लक्ष्यमा पुग्न ठुलो सहयोग हुने बताउनु भएको छ ।

राजस्व प्रतिस्थापनको लागि देशलाई हानी गर्ने वस्तु आयतमा रोक्ने, विलासिताको वस्तुलाई काडाई, स्वदेशमा उत्पादित वस्तुलाई प्रोत्साहन गर्न केहिमा वस्तुमा परिमाणत्मक बन्देज लगाउँदा चालु आर्थिक वर्षमा लक्ष्य अनुसाको राजस्व नउठेको बताउनु भएको छ । यसले समग्र अर्थतन्त्रलाई सकरात्मक प्रभाव नै पारको बताउनु भएको छ । उहाँले अब देशको दिगो आर्थिक विकासको लागि राजस्वमुखि भन्दा आन्तरिक उत्पादनलाई जोड दिएको बताउनु भएको हो । आत्मनिर्भर भएका उद्योगलाई संरक्षण दिने सरकारको नीतिरहेको बताउनु भएको छ ।

अर्को, यो वर्ष कतिपय ठुला उद्योगको विस्तारको कारण राजस्व उठाउन नपाएको भन्दै आगमि वर्ष यी उद्योगले उत्पादन थाल्ने हुँदा राजस्वको लक्ष्य पुराहुने बताउनु भएको छ ।

त्यस्तै उहाँले कतिपयमा भ्रमरहेको भन्दै पुँजीगत खर्च मात्रै विकास खर्च नभएको बताउनु भएको छ । कतिपय चालु खर्चपनि विकास खर्च हुने बताउनु भएको हो । उहाँले विद्युत प्रधिकरणको बजेट चालुखर्चमा देखिएपनि कतिपय आयोजना विकास बजेट हुने बताउनु भएको छ । उहाँले‘मेलेम्चीकै पैसा पनि चालुमा देखिने भएकाले पुँजीगत बजेटमात्र विकास बजेट हाईन।’ भन्नुभयो ।

अर्थमन्त्री खतिवडाले स्थानिय पूर्वधारका कार्यक्रममा जनप्रतिनिधिको संग्लन्ता आवश्यक रहेका कारण निर्वाचन क्षेत्रको लागि बजेट छुट्याएको बताउनु भएको छ । उहाँले ‘जनप्रतिनिधीले आफ्नो निर्वाचन क्षेत्रका योजना छनोट गर्ने काम हो । सिधै संसादले मन लाग्दि खर्च गर्ने होईन ।’ भन्नुभयो ।