जनता टाइम्स

२९ आश्विन २०७७, बिहीबार ११:२३

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्नु हुनेछ यी जिम्मेवारी


काठमाडौं, असोज २९

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गर्नुभयो । हेरफेर गर्दा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा लैजानु भएको छ । धेरैले यसलाई आ–आफ्नो अनुकुलता अनुरुप व्याख्या गरिरहेका छन् ।

मन नपर्नेले यसलाई घटुवा भन्दै चिढ्याउने काम गरिरहेका पनि छन् । के साच्चै ईश्वर पोखरेलको पद घटुवा भएको हो त ? यहाँ हामीले अब उपप्रधानमन्त्री समेत रहनु भएका पोखरेलले गर्ने कामको खोजी गरेका छौं । बुधबारसम्म उहाले रक्षा मन्त्रालय अर्थात सेना र कोभिड–१९ सम्बन्धी काम मात्रै हेर्दै आउनु भएको थियो । तर, अब उहाको जिम्मेवारी फैलिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत निक्कै शक्तिशाली मानिएका विभागहरु रहेका छन् । प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय अन्तर्गत रहेका केही शक्तिशाली विभागहरु आफ्नो कार्यालय मातहत ल्याउनु भएको छ । नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ४८ वटा कामका क्षेत्र निर्दिष्ट गरेको छ ।

प्रदेशको समन्वय, मन्त्रालयको समन्वय, राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय गौरवका आयोजना, राजश्व विभाग प्रधानमन्त्री कार्यालयमै छन् । अब उहाले यी सबै काम आफैले हेर्नुपर्ने जिम्मेवारी आएको छ ।

यस्ता छन् उहाले गर्नुपर्ने काम